सुधारको पहल नगरे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने : कांग्रेस उपसभापति गुरुङ
जानकारी केन्द्र
२०७९, पुष, २१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ ।
झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्नुहुँदै उहाँले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन आर्थिक सङ्कटतर्फ धकेलिएको बताउनुभयो ।
नेता गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौँ समस्या झेलिरहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उपसभापति गुरुङले सत्ता प्राप्तिको खेलले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको तर्क गर्नुभयो ।
ठूलो शक्तिलाई पाखा लगाएर बनाइएको यो सरकार धेरै दिन नटिक्ने उहाँको टिप्पणी थियो । उहाँले मुलुकको मियो नै कांग्रेस भएको बताउँदै कांग्रेसबिनाको सरकार कल्पना समेत गर्न नसकिने धारणा राख्नुभयो
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
