सुदूरपश्चिमको मुख्यमन्त्री बन्न बालुवाटार र बालकोटमा दौडधुप, चाबी नागरिक उन्मुक्तिसँग
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले २० गते नै दाबी पेश गर्न ७ दिनको समयसीमा तोकेका छन्। प्रदेश प्रमुखले दिएको समयसीम नजिकिदैं जाँदा सत्तागठबन्धका प्रदेशस्तरीय संसदिय दलका नेता मुख्यमन्त्री आफ्नो भागमा पार्न केन्द्रीय नेतासँग लबिङमा रहेको छन्। सत्ता गठबन्धनमा रहेकामध्ये सुदूरपश्चिम प्रदेशको ठूलो दल माओवादीसँग ११ सांसद् रहेका छन्।
यस्तै एमालेसँग १०, राप्रपासँग १ साँसद् रहेका छन् भने नागरिक उन्मुक्तिसँग ७ सांसद् रहेका छन्। यस्तै कांग्रेससँग १९ सांसद् रहेका छन्। यसरी गणितिय तवरले हेर्नुपर्दा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्नजान्छ।
गत सरकारमा पूरै ५ वर्ष मुख्यमन्त्री बनेर प्रदेश चलाएको माओवादीले यसपटक पनि मुख्यमन्त्रीको लागि निक्कै लामो दौडधुप गरिरहेको छ। पहिलोपटक संसदीय दलका नेता बनेका खगराज भट्ट मुख्यमन्त्रीका लागि आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ भेट्न पुगेका छन्।
कर्णाली प्रदेश एमालेलाई दिएको खण्डमा सुदूरपश्चिम माओवादीको भागमा पर्नसक्ने माओवादी नेताहरुको भनाइ रहेको छ। यस्तै प्रदेशकै दोस्रो ठूलो दल रहेको एमालेले पनि सशक्तरुपमा मुख्यमन्त्रीको दाबी गरिरहेको छ।
यसअघि एमालेको सहयोगमा माओवादी एक्लैले लगातार ५ वर्ष सरकार चलाएको भन्दै यसपटक मुख्यमन्त्री एमालेले पाउनु पर्ने अडान राखेका छन्। स्रोतका अनुसार एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको दाबी लिएर बालकोट जान लागेका छन्।
यस्तै यस प्रदेशमा निर्णायक शक्तिको रुपमा रहेको नागरिक उन्मुक्ति पार्टीले आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिरहेको छ। यस पार्टीसँग रहेका ७ सांसद निर्णायक हुन्। यहाँ सत्ता गठबन्धनमा माओवादी ११, एमाले १० र राप्रपा १ सांसद छन्। यो गठबन्धनमा नागरिक उन्मुक्ति समावेश हुँदा २९ पुग्छ नहुँदा २२ मात्रै हुन्छ। यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ।
सत्ता गठबन्धनभन्दा बाहिर रहेको कांग्रेसमा १९ नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन्। कांग्रेस, नेकपा एस र स्वतन्त्र मिलाउँदा पनि २४ मात्रै हुन्छ। नागरिक उन्मुक्ति जुन गठबन्धनमा मिल्ने अवस्था आउँछ त्यहि गठबन्धनको सरकार बन्ने अवस्था छ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
