• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • १५ घण्टा 

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
  • १७ घण्टा 

अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र
  • १७ घण्टा 

राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता
  • १९ घण्टा 

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई सहयोग
  • २१ घण्टा 

आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता
  • २२ घण्टा 

बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • २. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना

  • ३. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • ४. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

  • ५. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ६. Mobilemandu is Opening it’s First Outlet in Kathmandu and Entering the Offline Market

  • ७. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • १०. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

कांग्रेस सभापति देउवा फेरि सक्रिय, फेरि सत्तारोहणको प्रयास !

जानकारी केन्द्र २०७९, पुष, २२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले गुमाएको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला उनले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवसँग भेटेर छलफल गरेका छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले समेतको सहयोगमा प्रधानमन्त्री बनेपछि देउवा असन्तुष्ट छन् । संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री भएका दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।

विश्वासको मतका विषयमा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जसपा अध्यक्ष यादवसँग छलफल गरेका हुन् ।

यादवसहितका दललाई विश्वासमा लिएर तत्कालै नयाँ सरकारको नेतृत्व गर्न सकिन्छ कि भन्ने गृहकार्यमा कांग्रेस जुटेको स्रोतको दाबी छ । दाहाल नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा सहभागी हुन चाहे पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह त्यसको विपक्षमा देखिएका छन् । सर्तसहित सरकारमा सहभागी हुने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअघि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए ।

कार्यसम्पादन समितिका धेरैजसो नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएपछि राप्रपाले सर्तसहित सहभागिता जनाउने निर्णय गरेको हो । त्यसलगत्तै राप्रपाका रवीन्द्र मिश्रसहितका नेताले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए ।

राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा र चारवटा मन्त्रालय दिइनुपर्ने सर्त राखेको छ । दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै शीतल निवास पुगेका राजनीतिक दलले नै विश्वासको मत नदिने त होइनन् भन्ने आशंका गर्न थालिएको छ ।

दाहालले २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६ ९३० अनुसार प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गनुपर्ने व्यवस्था छ । यसरी बन्ने प्रधानमन्त्रीले पनि एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेसका नेताहरू मुलुकको सत्ता राजनीतिलाई संविधानको धारा ७६ ९३० को अवस्थामा पुर्‍याएर फेरि सत्तारोहण गर्न सकिन्छ कि भन्ने कसरतमा लागेको निकट स्रोतहरूको दाबी छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

ताजा

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह

शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.