मध्य काफ्रीन क्षेत्रमा दुई बस आपसमा ठोक्किँयो, ३९ जनाले गुमाए ज्यान
जानकारी केन्द्र
२०७९, पुष, २५
एजेन्सी । सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुई वटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन् ।
दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ । सेनेगलमा सडक दुर्घटनाहरू सामान्य हुन्छन् ।
मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन् । तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरुमा जनाइएको छ । दुर्घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

