निःशुल्क भिसामै ठगिए युवा
विराटनगर । सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ ।
देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा पठाएका थिए । यादवकै तीन जना भतिजासमेत मलेसिया पुगेका छन् । अहिले उनीहरू नेपाल फर्काइदिन माग गर्दै आएका छन् ।
सर्तअनुसारको काम नपाएको र सेवासुविधासमेत नदिएको गुनासो गर्दै मलेसिया पुगेपछि श्रम विभागमा बुझ्दा ठगिएको जानकारी पाएको उनले जानकारी दिए । देवानगञ्जमा रहेका अभिभावकले अहिले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दिने तयारी गरिरहेको उनले बताए ।
मेहताले एनआईसी एसिया बैङ्कमा रहेको आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गराएको देखिएको छ तर स्थानीयवासीले भने एनआईसी एसिया बैङ्कको नक्कली भौचर, नक्कली छाप प्रयोग गरेको आशङ्का गर्दै छानबिन हुनुपर्ने मागसमेत गरेका छन् । आफ्ना तीन जना भतिजा सन्तोष, सुबोध र दयानन्द यादवलाई सुरुमा फ्री भिसा, फ्री टिकटमा पठाउने भन्दै त्यसको न्यूनतम लागत माग गरेको काका गणेश यादवले बताए। कागजात लिएर गएका मेहताले भिसा लागेपछि भने तीन लाख ५० हजार रुपियाँ लाग्ने भन्दै रकम मागेको आरोप छ ।
द्वितीया इन्टरनेसनल कम्पनीमार्फत श्रम विभागले उपलब्ध गराएको फ्री भिसा, फ्री टिकटमा विदेश गएका युवाको सम्पर्क व्यक्ति विजय मेहताले भने आफूलाई पनि फसाएको गुनासो गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
