साउदीमा किन रोनाल्डोले करोडौं भाडा तिरिरहेका छन् ?
एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरबको फुटबल क्लब अल नासर एफसीसँगको सम्झौतापछि रियाद पुगेका छन्। रोनाल्डो, उनकी प्रेमिका जार्जिना रोड्रिगेज र पाँच बच्चाकोसाथै सहयोगी कर्मचारीसँग रियादको फोर सिजन होटलमा बसेका छन्।
सञ्चारमाध्यमहरुका अनुसार रोनाल्डोले फोर सीजन होटलमा दुई तला लिएका छन् जसमा १७ कोठा रहेका छन्। ४ हजार वर्गफिटमा फैलिएको होटलमा उनी ४८ औं र ५० औं तलामा रहेका छन्। यसमा बैठक कोठा, निजी कार्यालय, भोजन कक्ष र मिडिया कोठा रहेका छन्।
रोनाल्डोको कोठाबाट रियाद सहरको सुन्दर दृष्य देखिन्छ। फोर सिजन होटलमा धेरै लक्जरी पसल, टेनिस कोर्ट, स्पा सेन्टर र स्विमिंग पुल रहेका छन्। यस पाँच तारे होटलमा रोनाल्डो र उनको पूरै समूहको लागि विभिन्न प्रकारका खानेकुराहरको ब्यवस्था गरिएको छ।
यस होटलमा बस्नका लागि लाग्ने खर्च होटलको वेबसाइटमा राखिएको छैन। तर यो अनुमान गरिएको छ कि उनी प्रतिमहिना ३ लाख डलर भन्दापनिबढी बिल तिर्नुपर्ने हुनसक्छ।
रोनाल्डो तबसम्म यो होटलमा बस्नेछन् जबसम्म उनीलाई स्थायी घर पाइदैन। स्थायी घर पाउनेबित्तिकै रोनाल्डो यो होटल छोड्नेछन्।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
