• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ बैशाख २०८३, बुधबार
२३ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • ७ घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • ८ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • ८ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • ९ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना
  • १० घण्टा 

आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा
  • ११ घण्टा 

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
  • २४ घण्टा 

२०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • २. नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

  • ३. नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य

  • ४. देशैभर मौसम बदली : यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. Dongfeng Motor has launched Munich design center in European markets

  • ६. अबदेखि जग्गाको रोक्का र फुकुवाका लागि मालपोत जानु नपर्ने

  • ७. २०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव

  • ९. नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर

  • १०. २०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

क्यानडामा विद्यार्थीलाई हप्तामा २० घण्टाको नियम हट्यो, जतिपनि काम गर्न पाइने !

जानकारी केन्द्र २०७९, पुष, २७

काठमाडौँ । विदेश पढ्न जाने सपना पूरा गर्दा विद्यार्थीहरुले कयौं आर्थिक अवरोधहरु भोगेका हुन्छन् । शुरुमा त आप्रवासीको ट्यागका कारण अनेकौं समस्या आउँछन् । खानेकुरा, विजुलीको बिल, पढाई खर्च अन्य सानातिना खर्च । विदेशका लागि आफ्नो यात्रा शुरु गर्नु अघि नै केही महीनाका लागि धान्न पुग्ने पैसाको जोहो गर्नु पर्यो ।

तर कहिलेकाँही महँगी अनि कोभिडको दोहोरो मारमा परिन्छ । अनि क्यानडाको सपना चकनाचुर हुन्छ । उच्च शिक्षा अनि कामका लागि पछिल्लो समय नेपालीहरुमा क्यानडाप्रतिको रुची बढेको छ । क्यानडाको आप्रवासन प्रक्रिया सरल छ, अनि नीति पनि विद्यार्थीमैत्री छन् । रोजागरीको दर उच्च छ, बहुसांस्कृतिक वातावरण छ । यसका कारण पनि उच्च शिक्षा र बलियो करियर खोज्नेहरुमाझ क्यानडा रोज्ने क्रम बढेको छ ।

विश्वस्तरमा भ्यानुकभर, मोनटेरियल र टोरोन्टो सबैभन्दा रुचाइएको गन्तव्य हो । तर एक पटक त्यहाँ पुगेपछिको वास्तविकता मैलो छ । अमेरिकी विश्वविद्यालयको तुलनामा विश्वविद्यालयको शुल्क केही कम भएपछि बढ्दो ट्युशन शुल्क र समग्रमा जीवनयापन खर्चमा भइरहेको वृद्धिका कारण क्यानडामा विदेशी विद्यार्थीहरुको आर्थिक चुनौती बढेको छ ।

अहिलेको आथिर्क मन्दी, महँगी उच्च स्तरमा उक्लिएको अवस्था अनि क्यानडेली डलरको तुलनामा रुपैयाँको घट्दो भाउका कारण पनि त्यहाँ टिक्न सकस बढेको छ । हप्तामा जम्मा २० घण्टा मात्रै काम गरेर पुग्ने गरी खर्चबर्च कहाँ जुट्छ र रु अनि यस्तोमा महँगी अनि कोभिडको महामारीको प्रभाव दुईधारे तलबार भन्दा कम होइनन् ।

अहिले क्यानडामा विदेशी विद्यार्थीलाई मात्रै गाह्रो छैन । समग्र देशलाई पनि गाह्रो छ । दक्ष कामदार अभाव चरम छ अनि केही समयसम्म आर्थिक वृद्धिदर न्यून रहने देखिन्छ । देशव्यापी श्रम र सिप अभावका कारण क्यानडाले गएको वर्ष १३ अर्ब डलर गुमाएको भन्दै क्यानडा एक्सप्रेसमा समाचार छापिएको थियो । देशका ८० प्रतिशत भन्दा धेरै म्यानुफ्याक्चरहरुले श्रमिक र सिप अभाव भोगिरहेका छन् । यो सन् २०२० र सन् २०१६ मा ६० र ३९ प्रतिशत थियो ।

यो समस्या समाधान गर्न कयौं म्यानुफ्याक्चरहरुले सरकारलाई अनुरोध गरिरहेका छन् । स्वचालनलाई टेवा, तलब वृद्धि र स्वास्थ्य लाभ, व्यापार प्रवर्द्धन र अध्यागमनले यो समस्या समाधान हुने आशा उनीहरुको छ । हालै क्यानडाले अध्यागमन नीतिमा गरेको सुधारले पनि क्यानडेली अनि त्यहाँ अध्ययन गरिरहेका नेपाललगायत देशका विद्यार्थीहरुलाई निकै राहत मिल्ने देखिन्छ ।

लगभग सबै क्षेत्रमा अहिले क्यानडाले चरम श्रम अभाव भोगिरहेको छ । रोजगारदाताहरुले भनेजस्तो कर्मचारी आकर्षित गर्न र टिकाराख्न फरक ट्याक्टिक्स लगाइरहेका छन् । यो तत्कालीन आवश्यकताले क्यानडाको आर्थिक वृद्धिदरलाई अध्यागमन र आप्रवासीमाथिको निर्भरता झनै बढाएको छ । क्यानडाले सन् २०२२ को अक्टोबरमा विदेशी विद्यार्थीहरुले हप्तामा २० घन्टा मात्रै काम गर्न पाउने नीति अस्थायी रुपमा हटाउने घोषणा गरेको थियो । अनि क्यानडाको जनसंख्याको १ प्रतिशत आसपासमा आप्रवासीहरु ल्याउने निर्णय पनि गरिएको थियो । यसले आर्थिक, श्रमिक र जनसाङ्ख्यकीय चुनौतीसँग लडिरहेको क्यानडालाई ठूलै राहत दिनेछ ।

क्यानडामा अहिले ६ लाख जति विदेशी विद्यार्थी छन् । रुपैयाँको तुलनामा क्यानडेली डलर महँगो भइरहेकाले पनि विद्यार्थीहरुले आफूलाई वित्तीय रुपमा सुरक्षित गर्न सक्नेछन् । थप पार्ट–टाइम काम गर्न सक्नेछन् भने स्थानीय डलरलार्ई आफ्नो दैनिक खर्चबर्च पूरा गर्न प्रयोग गर्न सक्नेछन् । आफ्नो सीमित वित्तीय स्रोतमा भर पर्नु पर्ने अवस्था हट्नेछ । काम गर्ने समयमा लगाएको सीमा हटाएसँगै विद्यार्थीहरुले जागिरसम्बन्धी अनुभव त बटुल्नेछन् नै सबैभन्दा फाइदा हुने खालको जागिरको अवसर पनि रोज्न सक्ने भएका छन् । व्यक्तिगत रोजगारदाताको हातमा पीडित बन्ने छैनन् । आफ्नो सिप र क्षमताको उत्तम उपयोग हुने खालको काम छान्न सक्नेछन् ।

क्याम्पसभित्र वा बाहिर काम गर्न निश्चित मापदन्ड भने पूरा गर्नु पर्नेछ । तोकिएको शैक्षिक संस्थामा विद्यार्थी हुनु पर्नेछ अनि पढाई सकिएपछि डिग्री, डिप्लोमा वा प्रमाणपत्र दिने खालको पढाई हुनु पर्नेछ । पढाई शुरु भइसकेको छ भने मात्रै पार्ट–टाइम काम गर्न पाइनेछ । जागिर खान सामाजिक बीमा नम्बर हुनु पर्नेछ ।

विद्यार्थीहरुले क्याम्पसभित्रै पनि जागिर खोज्न सक्नेछन् । चाहेको घन्टा काम गर्न सकिनेछ । यसले भविष्यमा फूल टाइम काम गर्न चाहिने अनुभव पनि दिनेछ । आईटीका विद्यार्थीले आईटी विभागमा काम माग्न सक्नेछन् । सञ्चार विभाग हो भने कुनै पनि सृजनशिल भूमिका उचित हुनेछ । व्यवसायिक अध्ययनसम्ब्न्धी हो भने अनुसन्धान, विक्री वा बजार सहयोगीको रुपमा काम खोज्न सकिन्छ ।

विद्यार्थीले क्याम्पस बाहिर पनि एक भन्दा धेरै पार्ट–टाइम काम खोज्न सक्नेछन् । कूक, वेटर, फ्रिलान्सर, यूबर ड्राइभर, बच्चा हेर्ने, कुकुर डुलाउने, निजी शिक्षक, आदि काम गर्न पाइनेछ । जुन काम गरेपनि तपाईले घन्टाको कम्तिमा १० देखि १५ क्यानडेली डलरसम्म कमाउन सक्नु हुनेछ । जाडो र गर्मीको बिदामा फूल टाइम वा ओभर टाइम् काम पनि गर्न सकिनेछ ।

विदेशमा पढ्न जान चानचुने खर्चले पुग्दैन । विदेश जाने खर्च मात्रै बाबु आमाले हालिदिने हो । त्यहाँ गएपछि आफ्नो सबै खर्चबर्च विद्यार्थी स्वयम्ले जुटाउनु पर्छ । महामारी र महँगी जस्ता आकस्मिक परिस्थितिले वित्तीय चिन्ता झनै बढाइदिन्छ । त्यसैले पनि विदेश जाउँ कि नजाउँ भन्ने दोधार उत्पन्न हुनु स्वभाविक हो ।

तर पछिल्लो समय क्यानडामा भने केही आप्रवासन सुधारका कारण विदेशी विद्यार्थीको लागि त्यहाँ बसेर पढ्न केही सहज बनेको छ । २० घन्टाभन्दा बढी काम गर्नमा रोक फुकुवा, अध्यागमन नीतिको सहजीकरण र विदेशी विद्यार्थीहरुलाई केही लाभ दिन थालेसँगै क्यानडा बसाई विदेशी विद्यार्थीका लागि पहिलाको भन्दा सहज हुने देखिन्छ । एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ताजा

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.