• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ ३०, २०८२
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

दशैंका लागि आजदेखि सुकिला नोट वितरण

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेपालमा यसपटक देखिएको डेंगुमा सेरोटाइप-३ स्वरुपको धेरै

काठमाडौँ । काठमाडौँ- नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेंगु धेरै देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप-३ स्वरुपको डेंगु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए।

उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप-३ धेरै देखिएको बताए। “यस भन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप-३ देखिएको थियो”, उनले भने, “यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप-३ देखिएको छ।”

सामन्यता एकपटक डेंगु भएकालाई पुनः डेंगु हुँदा सेरोटाइप-३ देखिने सम्भावना रहेको उनको भनाइ छ। उहाँका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप–३ देखिएको छ भने दुवै खालका स्वरुप ९मिक्स० भने छ जनाको नमूना परीक्षणमा देखिएको छ।

सामान्यता एकपटक डेंगु देखिएकालाई अर्कोपटक देखिँदा सेरोटाइप-२, सेरोटाइप-३ देखिने गर्दछ। “सरोटाइप(१ र सेरोटाइप(२ भइसकेका बिरामीले डेंगुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन”, उनले भने, “यही ती दुई स्वरुपको संक्रमण भइसकेका बिरामीलाई पुनःडेंगु भयो भने सेरोटाइप–३ हुन्छ।”

राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्यावमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप-३ देखिएको छ। यस्तै टेकुमा सेरोटाइप(१ प्रजाति एक सय २६, सेरोटाइप-२ प्रजाति २९ र ५३ नमुना परीक्षणमा डेंगु देखिएको थिएन। यस्तै त्रिविमा ५० जनामा गरिएको नमुना परीक्षणमा सेरोटाइप-१ स्वरुप २१ र सेरोटाइप-२ स्वरुप पाँच जना र छ जनामा डेंगुको संक्रमण देखिएको थिएन। यस्तै धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप(१ देखिएको थियो।

महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ मात्र देखिएको उहाँले जानकारी दिनुभयो। डेंगु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु लाग्दछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा विमल चालिसेले अघिल्लो पटक बिरामीमा देखिएको डेंगुको स्वरुप पछिल्लो फेरि डेंगु देखिएका स्वरुप परिवर्तन गरी जटिल समस्या देखिने बताउँछन्। “पहिलो पटक सेरोटाइप–१ डेंगुको स्वरुप देखिएको छ भने अर्को पटक संक्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ”, उनले भने, “यसरी पुनः डेंगु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ।”

उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने लक्षणजस्ता पहिले संक्रमण भएको भन्दा दोस्रो पटक डेंगु भएका बिरामीलाई गराउने गर्दछ।

यस्तै सामान्य प्रकारको डेंगुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन्। नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ।

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेंगु देखिएको र डेंगुबाट ८८ जनाको ज्यान गइसकेको छ। महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालले डेंगु संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठ जनामा देखिने गरेको बताउँछन्।

सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ। तीमध्ये सबभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेंगुका बिरामी देखिएका थिए। त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको संक्रमण कम देखिएको छ। सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

    दशैंका लागि आजदेखि सुकिला नोट वितरण

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै
    • दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.