सभामुखबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक सुरु
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको छ।आज बिहान बसेको बैठकमा प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे कुराकानी भइरहेको हो। सभापति देउवाले पार्टीबाट सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा नेताहरूका सुझाव मागेका छन्।
कांग्रेसमा सभापति देउवासहित १३ जना पदाधिकारी छन्। साथै आजको बैठकमा सभापति देउवाले पूर्वपदाधिकारीहरूलाई पनि बोलाएका छन्। गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। मंगलबार बालुवाटारमा भएको सर्वदलीय छलफलमा पनि कांग्रेस नेताहरूले आफूहरू प्रमुख प्रतिपक्षमै बस्ने भए पनि सभामुख तथा राष्ट्रपतिलगायत पदमा छलफल गर्न तयार रहेको बताएका थिए।
तर सभामुख र राष्ट्रपति दुवै पद नेकपा एमालेले पाउने सत्ता साझेदार दलको बैठकमा सहमति भइसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए। सभामुख चयनका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ भने बिहीबार प्रतिनिधि सभामा सभामुख चयन गरिनेछ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
