• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • १५ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • १६ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • १७ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • १८ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • १८ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • २२ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • २३ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • २३ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • ३. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ९. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

उपप्रधानमन्त्री लामिछानेले भने- ‘पुरानो नागरिकताको आधारमा नेपाली पासपोर्ट लिए’

जानकारी केन्द्र २०७९, माघ, ४

काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाली भिसामा आएका बेला पुरानो नागरिकता पेस गरेर पासपोर्ट लिएको स्वीकार गरेका छन् । नागरिकता सम्बन्धी विवादलाई लिएर संसद् सदस्यका रूपमा अयोग्य रहेको दाबीसहित परेका रिटको जवाफमा उनले सर्वोच्च अदालतलाई यस्तो जवाफ पठाएका हुन् ।

युवराज पौडेलको एकल तथा अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले दायर गरेको रिटमा सर्वोच्चले लामिछानेबाट लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । लामिछानेले २०५० फागुन १० मा वंशजका आधारमा जिल्ला प्रशासन कार्यालयबाट १८२२२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

अमेरिकी नागरिकका हैसियतमा नेपाल आई उनले पुरानो नागरिकताको आधारमा सन् २०१५ मे २७ मा ०८८३४८३८ नम्बरको पासपोर्ट लिएका थिए । राहदानी ऐन, २०७६ मा ‘झूटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिए वा लिन प्रयत्न गरे’ दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

लामिछानेले अमेरिकाको नागरिकता र राहदानी २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिई नागरिकता त्याग्न लाग्ने दस्तुर २ लाख ५८ हजार ५ सय रुपैयाँ बुझाएर प्रक्रिया अगाडि बढाएको र अमेरिकी नागरिकता परित्याग गरेको स्वीकृतिपत्र प्राप्त गरी २०७५ असार १४ देखि आफू अमेरिकी नागरिक नभएको जानकारी सर्वोच्चलाई दिएका छन् ।

अमेरिकी नागरिकता लिए पनि नेपालको नागरिकता परित्याग गर्ने प्रक्रियामा आफू नगएकाले नागरिकता ऐन, २०६३ को कुनै पनि व्यवस्थाले आफूलाई कहिले पनि नेपालको नागरिकबाट मुक्त नगरेको उनको भनाइ छ । नेपाल नागरिकता ऐन, २०६३ को दफा १० ९१० मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिए नेपालको नागरिकता स्वतः कायम नरहने उल्लेख छ ।

विदेशी नागरिकता लिने नेपालीले नेपालको नागरिकता त्याग गर्ने बारे नेपालका कूटनीतिक वा सम्बन्धित निकायलाई जानकारी दिनुपर्छ ।सूचना प्राप्त भएको ७ दिनभित्र नेपाली कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा लेखिपठाउनु पर्ने र नागरिकता खारेजीको प्रक्रिया थाल्ने उल्लेख छ । नेपाली नागरिकता कहिल्यै परित्याग नगरेकाले पुनःप्राप्तिको प्रक्रियामा गइरहन नहुने जिकिर लामिछानेको छ ।

ऐनमा भने ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ’ भन्ने व्यवस्था छ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्दा आफूविरुद्ध निर्वाचन आयोगमा राजकुमार पाण्डेले उजुरी दिएको पनि लामिछानेले लेखेका छन् । ‘आयोगले उम्मेदवार हुन योग्य रहेको ठहर गरी २०७९ मंसिर ९ मा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएको घोषणा गरी प्रमाणपत्रसमेत दिएको अवस्था छ,’ उनले उल्लेख गरेका छन् ।

निवेदक पौडेलले मंसिर १६ मा गृह मन्त्रालयमा नागरिकताबारे छानबिन गर्नका लागि उजुरी दिएका थिए । अहिले गृह मन्त्रालयमा उक्त उजुरीमाथि छानबिन भइरहेको छ । लामिछाने ५१२९६६९८१ नम्बरको अमेरिकी राहदानी बोकेर नातेदार भिसामा नेपाल आएका थिए । सोही राहदानी प्रयोग गरेर उनले पटकपटक विभिन्न मुलुक ओहोरदोहोर गरेको अध्यागमन विभागले जनाएको छ ।

उनले अमेरिकी नागरिकका हैसियतमा अन्तिम पटक सन् २०१७ अक्टोबर ४ मा १ वर्षका लागि नेपालको भिसा लिएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । आजको कान्तिपुर दैनिकमा जयसिंह महराले लेखेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

ताजा

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.