सिम डुप्लिकेसन गरी ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौँ । सिम डुप्किकेसन गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कालिकोट सान्नी त्रिवेणी गाउँपालिका(४ घर भई काठमाडौं गंगोवु बस्ने २६ वर्षीय पुर्ण योगी भन्ने पुर्णनाथ योगीलाई प्रहरीले पक्राउ गरेको छ । योगीले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप, ईमो जस्ता एपको दुरूपयोग गरी आकर्षक तलब सुबिधामा फ्रान्स, स्विजरल्याण्ड जस्ता विकसित देशहरूमा रोजगारीको अवसर रहेको भन्दै विज्ञापन राखी भिसा प्रोसेसिङको लागि सम्पर्कमा आएका व्यक्तिको सक्कल कागजात मागेका थिए ।
तत्पश्चात भिसा प्रोसेसिङको लागि बैंक खातामा रकम जम्मा गर्न लगाउनुको साथै पीडितहरूले पेश गरेको नागरिकता तथा राहदानी समेतका प्रतिलिपिहरू मोबाइल सेवा प्रदायक कम्पनीहरूमा पेश गरी पीडितहरूको नामबाट सिम निकाली डुप्लिकेशनको माध्यमबाट पीडितहरूको मोबाइल बैंकिङमा पहुँच पुर्याई पीडितहरूको खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला परिसर काठमाडौं पठाइएको छ ।
सम्बन्धित समाचार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
