संसद्मा कांग्रेसलाई गृहमन्त्रीको जवाफ- गृह मन्त्रालय विधि र पद्धतिभन्दा एक इन्च बाहिर जाँदैन, यसको ग्यारेन्टी दिन चाहन्छु
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय एक इन्च पनि विधि र पद्धतिबाट बाहिर नजाने जिकिर गरेका छन् ।
सभामुख पदको निर्वाचन प्रयोजनका लागि बिहीबार आज जारी रहेको संसद् बैठकमा नेपाली कांग्रेसले ‘हत्या अभियोग लागेका सांसद सदनमा उपस्थित भएको भन्दै‘ उठाएको सन्दर्भको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘गृह मन्त्रालय एक इन्च पनि विधि र पद्धतिबाहिर जाँदैन । माननीयहरूले सांसद पक्रनूपर्छ भनेर भन्नुभयो । मैले यसअघि पनि भनिसकेको छु कि— कहीँ, कतै, केही काम गर्ने कुरामा दबाब र प्रभाव जमाउन कसैले नखोज्नूहोला ।’
यसअघि कांग्रेस सांसद रामहरि खतिवडाले ‘मैले सुनें यो सदनमा हत्या अभियोग लागेका सांसद पनि उपस्थित भएका छन् रे । म उनलाई चिन्दिन, तर यदि त्यसो हो भने उनलाई मतदानको अधिकार नदिइयोस । यसबारे म गृहमन्त्रीको ध्यानकर्षण गराउन चाहन्छु’ भनेर भनेका थिए ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
