Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

सभामुखले लिए शपथ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ६
सभामुखले लिए शपथ

काठमाडौं । बिहिबार सभामुखमा निर्वाचित भएका देवराज घिमिरेले शपथ ग्रहण गरेका छन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा शपथ ग्रहण गराएकी हुन्।

शपथपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने र सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनबाट सभामुखमा निर्वाचित भएका घिमिरे झापाबाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका थिए।

घिमिरे कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित भएका हुन्।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स