कम्बोडिया आगलागीमा मृत्यु भएका पाण्डेको अन्त्येष्टि
काठमाडौं । कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फाल्दा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव झापा ल्याइएको छ ।
कम्बोडियामा १४ पुसमा भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औं तलाबाट हाम फाल्दा मृत्यु भएका उनको शव शुक्रबार काठमाडौं आइपुगेको थियो । शनिबार दिउँसो साढे १२ बजे विर्तामोड निवासमा शव ल्याइएलगत्तै कनकाई नदीको तटमा अन्तिम संस्कार गरिएको छ ।
मृतक पाण्डे विर्तामोड नगरपालिका–१ वडाध्यक्ष अग्नि पाण्डेका छोरा समेत हुन् । मृत्युअघि घरपरिवारसँग उनले गरेको भावुक कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि परिवारका सदस्यहरुलाई भेटेर शव ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बीबीसीका अनुसार घटना भएको दिन राति ११ बजेदेखि पाण्डे बसेको होटल क्यासिनोमा आगलागी भएको थियो । पाण्डेले मृत्यु हुनु अघि परिवारलाई बताए अनुसार आगो लागेपछि उनलाई करिडोरमार्फत माथि जान सुझाइएको थियो । तर, करिडोरमा समेत आगो लागि सकेकाले झ्यालबाट हाम फाल्नुको विकल्प थिएन ।
ज्यान जोगाउन भोलिपल्ट बिहान ४ बजे हामफाल्दा उनको मृत्यु भएको थियो । पाण्डे व्यवसायको सिलसिलामा भिजिट भिसामा कम्बोडिया गएका थिए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

