सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च जाने तयारीमा
जानकारी केन्द्र
२०७९, माघ, १०
काठमाडौँ । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
जबरजस्ती करणी अभियोग लागेका क्रिकेटर लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्ष थुनामा राख्न दिएको आदेश बदर गर्दै पुस २८ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो। उक्त आदेश बेरीतको भएको भन्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिने तयारी गरेको महान्यायाधीवक्ता कार्यालयले जानकारी दियो ।
सर्वोच्चमा निवेदन दिनका लागि उच्च सरकारी वकिलको कार्यालयले आवश्यक कागजात महान्यायाधीवक्ता कार्यालयमा पेश गरेको छ । सन्दीपलाई कडा पाँच वटा सर्त राख्दै उच्चले धरौटीमा रिहा गरेको थियो ।
सम्बन्धित समाचार
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

