Jankari Kendra
२६ आश्विन २०८३, सोमबार

मधेश प्रदेशमा कारबाहीमा परे एक लाख ४६ हजार सवारी साधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, १०
मधेश प्रदेशमा कारबाहीमा परे एक लाख ४६ हजार सवारी साधन

काठमाडौँ । मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०७९र८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन्। सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधानमाथि कारबाही गरेको हो।

सवारी साधानमाथिको कारबाहीबाट १० करोड ७७ लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको मधेश प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ । ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सीसीटीभी र राडर स्पिड गनबाट सवारी साधनको गति निगरानी गरिरहेको छ। कार्यालय पथलैया बाराका अनुसार तीव्र गतिमा चलाइएको काररजिप दुई हजार ६ सय ६४ वटा सवारी साधान कारबाहीमा परेका छन्।

साथै यात्रुबाहक बस, मिनिबस र सुमो आठ सय २१ वटा, मोटरसाइकल तीन सय ४९ वटा र मालबाहक ट्रिपर, ट्रक र ट्र्याक्टर तीन सय २५ वटा गरी चार हजार एक सय ४९ वटा सवारी साधनमाथि कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भई मोटरसाइकल चलाउने प्रवृति बढेकाकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ।

यस अवधिमा प्रदेशका जिल्लामा भएका दुई हजार आठ सय ७६ सवारी दुर्घटनामा तीन सय नौ जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा सबैभन्दा बढी बारामा ६५ जना र सबैभन्दा कम पर्सामा २२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स