दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल सामग्री खरिद गरेको झुट्टो बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिने दिने कार्य गरेको आरोपमा दुई कर्मचारीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनाललाई प्रतिवादी बनाई सो मुद्दा दायर गरेको हो । त्यस विषयमा परेको उजुरीको छानबिन गरी मुद्दा दायर गरिएको आयोगका श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
प्रमुख शाही र जिल्लाका अन्य कार्यक्रम सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याई फर्जी खरिद बिल बनाइएको थियो । त्यसको दाखिला आदेश तयार गरी बिल मात्र खरिद गरी कार्यालयको सञ्चालन बजेट खर्च गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए।
उनले भने– ‘फार्मेसीबाट युटुलिटी ग्लोभ्ससमेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा मेडिकल सामग्रीहरू खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिने दिने कार्य गरेको पुष्टि भएको छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

