१०१ थान राहदानी सहित विमानस्थलबाट २ जना पक्राउ
काठमाडौँ । अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका- ३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका- ७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडी व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र वाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो । थप सोधपुछको क्रममा उक्त राहदानीहरु रोमानियामा भिषा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनि बैदेशिक रोजगार बिभागबाट जारी भएको भिषा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरु र निजहरुको साथबाट बरामद भएको राहदानीहरुको विवरण फरक पर्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
