भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न
काठमाडौँ । भोजपुर अन्तर्राष्ट्रिय रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न भएको छ । कोदारमा २०७६ साल कात्तिकबाट निर्माण शुरु भएकामा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।
कार्यालयका प्रमुख सुरेश शाहले रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्धारित समयभित्र सम्पन्न हुने बताए । प्रदेश नं १ सरकारको रू १४ करोड पाँच लाख लागतमा रङ्गशाला निर्माण गरिएको हो ।
सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्नसक्ने गरी सात वटा प्याराफिट निर्माण गरिएको छ । कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटर चौडाइ, उत्तरतर्फ ५५ मिटर चौडाइ, पूर्वतर्फ एक सय दुई मिटर लम्बाइ र पश्चिमतर्फ एक सय पाँच मिटर लम्बाइ छ ।
निर्माणाधीन रङ्गशालामा प्याराफिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय तथा क्यान्टिन भवन, शौचालयलगायतका पूर्वाधारको काम सम्पन्न भइसकेको निर्माण कम्पनीले रायमाझी, मार्सेली निर्माण जेभीले जानकारी दिएको छ । सम्झौता अनुसारको सम्पूर्ण संरचना तयार गरेर हस्तान्तरणको अन्तिम चरणमा रहेको निर्माण कम्पनीका प्रमुख श्यामकुमार श्रेष्ठले बताए । उनका अनुसार यो महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिनेछ ।
विसं २०६४ मा जिल्ला विकास समिति बोर्डले रू ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत् रङ्गशालाका लागि जग्गा खरिद गरेको थियो । जिविसले केही रकम छुट्याएर स्तरोन्नतिको काम थाले पनि बजेट अभावका कारण रोकिएको थियो ।
प्रदेश नं १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा शिलान्यास गरेको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई र¬ङ्गशाला’को निर्माण तीव्रगतिमा भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको रू ५५ लाख र प्रदेश १ सरकारको रू एक करोड ३५ लाख लगानीमा सो रङ्गशाला निर्माण भइरहेको छ ।
यस्तै प्रदेश सरकारको योजना अन्तर्गत रू छ करोड लागतमा षडानन्द नगरपालिकामा पनि दिङ्ला रङ्गशाला निर्माण भइरहेको छ । साथै प्रदेश १ सरकारको रू ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान, रू २५ लाखमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रङ्गशाला निर्माण भइरहेको छ ।
पछिल्लो समय जिल्लामा धमाधम खेलकुद संचरना बनेपछि खेलाडी तथा खेलप्रेमी उत्साहित बनेका छन् । अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासीमा उत्साह थपेको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
