पोखरामा एक जनाले गरे आत्मदाहको प्रयास, उपचार हुँदै
जानकारी केन्द्र
२०७९, माघ, १५
काठमाडौँ । पोखरामा दुईजनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर- १३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका अस्पताल पुर्याएका छन् ।
उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले जानकारी दिए ।
‘दुवैले शरीरमा आगो लागिरहेको बेला छिमेकप्हरुले उद्धार गरि हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ।’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
केही दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
