ललितपुरमा कार र ट्याक्सी ठोक्किँयो : दुईको मृत्यु, ६ जना घाइते
काठमाडौं । ललितपुरमा कार र ट्याक्सी आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै गएराति कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । त्यस्तै, ६ जना घाइते भएका छन् ।
दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारको क्रममा बिएण्डबी अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ वर्षीय वीरबहादुर बिकको अवस्था गम्भीर रहेको छ ।
ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे आपसमा ठोक्किएका थिए । कार चालक बिकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
