युवकले पेट्रोल छर्केर लगाए आगो : दुई वर्षे छोराको मृत्यु, श्रीमती गम्भीर
जानकारी केन्द्र
२०७९, माघ, १६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई पेट्रोल खन्याएर आगो लगाएका छन् । कोहलपुर-१ शक्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले पत्नी गंगा बिक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
बुवाले लगाएको आगोले जलेर प्रिन्सको गए राति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको हो । गंगा विकको घाँटी र ढाडमा जलेको छ ।
उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार हुँदैछ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
