पाकिस्तानको मस्जिदमा विस्फोट, मृत्यु हुनेको संख्या ५९ जना पुग्यो, सयौँ घाइते
काठमाडौँ । पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा ५९ जनाको मृत्यु भएको छ । यसैगरी, आक्रमणमा परी कम्तीमा १५० जना घाइते भएका छन् र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।
लेडी रिडिङ अस्पतालका चिकित्सकले केहीको अवस्था अझै चिन्ताजनक रहेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक विज्ञप्ति जारी गर्दै ‘आतंकवादीहरूले पाकिस्तानको रक्षा गर्नेहरूलाई निशाना बनाएर डरको वातावरण सिर्जना गर्न चाहन्छ’ भनेका छन्।
हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन। तर यो पाकिस्तानी तालिबानसँग जोडिएको बताइएको छ । तेहरिक९ए९तालिबान पाकिस्तान नामको यो अतिवादी समूहले गत वर्ष नोभेम्बरमा युद्धविराम समाप्त गरेको थियो। त्यसयता पाकिस्तानको सीमा क्षेत्रमा हिंसा बढेको छ।
निशानामा प्रहरी
पेशावरका प्रहरी प्रमुख मोहम्मद इजाज खानले स्थानीय सञ्चारमाध्यमलाई विस्फोटको समयमा घटनास्थलमा ३०० देखि ४०० प्रहरी उपस्थित रहेको बताएका छन्।
यो मस्जिद सहरको एकदमै सुरक्षित क्षेत्रमा अवस्थित छ जहाँ प्रहरी मुख्यालय र आतंकवाद विरोधी ब्यूरोको कार्यालय रहेको छ।
विज्ञप्तिमा प्रधानमन्त्री शरीफले आक्रमणकारीहरूको इस्लामसँग कुनै सम्बन्ध नभएको बताएका छन्।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
