अमेरिकाको फ्लोरिडामा अन्धाधुन्ध गोलीबारी, १० जना घाइते
काठमाडौँ । अमेरिकाको फ्लोरिडामा सोमबार अपराह्न भएको गोलीबारीमा १० जना घाइते भएका छन् । घटना फ्लोरिडाको लेक ल्यान्ड इलाकामा भएको हो । प्रहरी प्रमुखका स्याम टेलरका अनुसार हमलाकर्ता एक गाढा निलो रङको कारमा आएका थिए । घटनास्थलमा पुग्ने बित्तिकै उनको गाडीको चारै वटा सिसा खोले र अन्धाधुन्ध गोली चलाउन थाले । रिपोर्टका अनुसार दुई जनाको अवस्था गम्भीर छ । घटनापछि प्रहरी गाडीको खोजीमा जुटेको छ ।
गाडी नरोकीकनै गोली चलाए प्रहरीका अनुसार यो गोली बारी केही मानिसलाई निशानामा राखेर गरिएको थियो । तीन जनालाई आपत्कालीन सेवाले अस्पतालमा भर्ना गरेको छ । उनीहरूको उमेर २० देखि ३५ वर्षको बीचमा छ । हमलाकर्ताले निकै तीव्र रूपमा गाडी चलाइरहेका थिए, उनले घटनास्थलमा पनि गाडी रोकेनन् ।
सीएनएनका अनुसार हमलाकर्ताले आफ्नो गति अलि कम गरेर गोली हान्न सुरु गरे । स्थिति गम्भीर भएकाहरूलाई पेट र अनुहारमा गोली लागेको छ । गोली चल्नु एक मिनेट अघि मात्रै त्यहाँ स्कुल बसले बच्चालाई उतारेका थिए । यदि घटना केही समय अघि मात्रै भएको भए त्यसमा बच्चाको ज्यानको पनि खतरा थियो । प्रहरी प्रमुख टेलरले दिएको जानकारीमा उनीहरू रात भरी हमलाकर्ताको गाडीको खोजी गर्नेछन् ।
घटनास्थलबाट गाँजा बरामद
प्रहरीका अनुसार घटनास्थलबाट भारी मात्रामा गाँजा पनि बरामद गरिएको छ । गोलीबारीका बेला त्यहाँ गाँजा बेचिँदै थियो भन्ने अनुमान गरिएको छ । यद्यपि, यसको घटनासँग सम्बन्ध के छ भनेर प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
