राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलायो
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले भने, ‘बैठक आजै साँझसम्ममा बस्छ ।’ रास्वपाले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टाभित्र गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । तर, अल्टिमेटम दिएको ७२ घण्टा बितिसक्दा पनि उसले ठोसरूपमा केही निर्णय गरेको छैन । यसैबीच रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
नागरिकता विवाद सम्बन्धमा परेको मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालले गत माघ १३ गते पार्टी सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै रिक्त रहेको गृहमा पुनस् उनै फर्किने जोड गरिरहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने पुनस् रविलाई गृह फर्काउनु सर्वोच्च अदालतको मानहानि गर्नु भएको बताएका छन् ।
यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल र निर्णय गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता ढकाल बताउँछन् । ‘बैठकको एजेन्डामा मूलतस् सरकार नै हो,’ उनले भने, ‘यथास्थितिबाट कसरी अगाडि जाने भन्नेबारे छलफल हुन्छ र आवश्यक निर्णय लिइन्छ ।’ प्रवक्ता ढकालकाअनुसार आजको बैठकमा सरकारबाट बाहिरिनेबारे छलफल हुनेछ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


