राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने बताएका छन् । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ढकालले पूर्वसहमति अनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको बताए ।
उनले रास्वपाले गृह मन्त्रालय पाइराख्दा व्यक्ति को पठाउने भन्ने विषयमा भने पार्टीले निर्णय गर्ने बताएका छन् । ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौं । र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन,’ उनले भने ।
गृह मन्त्रालय पाउँदा सांसद कि गैरसांसद पठाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता ढकालले भने, ‘जब प्रधानमन्त्रीले हाम्रो सभापतिलाई मन्त्रीको लागि नाम पठाउनुस् भन्नुहुन्छ । त्यसपछि पार्टी बैठक बस्छ र निर्णय गर्छ ।’
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

