इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्न, रविको जाँच गरौं : भीम रावल
काठमाडौं । नेकपा एमाले का नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन् । सोमबार बिहानै सामाजिक सन्जालमार्फत् नेता रावलले लामिछाने गाली गलौजमा उत्रिएको भन्दै तथ्य जाँच गर्नुपर्ने बताएका हुन् ।
‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ,’ उनले लेखेका छन्, ‘आलोचना सुन्छ । सत्य तथ्य -औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं ।’
लामिछानेले आइतबार पत्रकार सम्मेलन गर्दै मिडियाको चर्को आलोचना गरेका थिए । सरकारबाट बाहिरने निर्णय गरेलत्तै आयोजित पत्रकार सम्मेलनमा लामिछानेले मिडिया सन्चालक, सम्पादक र पत्रकारकमाथि विभिन्न लान्छना लगाउने काम गरेका थिए ।
जसको अहिले व्यापक आलोचना भइरहेको छ । नाम नै लिएर प्रकाशक र सम्पादकविरुद्ध उत्रिएका लामिछानेको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ लगायत विभिन्न संस्थाहरूले विज्ञप्ति जारी गरेका छन् ।
नागरिकता विवादमा अदालतले दोषी ठहर गरेपछि लामिछानेको सांसद र मन्त्री पद गएको थियो । लामिछानेको पासपोर्टको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
स्वार्थ बाझिने मन्त्रालयमा रवि लामिछाने गैरसांसद भए पनि जान खोजेको भन्दै विभिन्न मिडियाले उनीविरुद्ध लेखेका थिए । सोही विषय मिडियाले उठाएपछि लामिछानेले पत्रकार सम्मेलन मिडियाविरुद्ध अभिव्यक्ति दिएका थिए ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

