नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार जारी
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र जापानको राजनीति, राजनीतिक दल र आवधिक निर्वाचन’का विषयमा सोमबारदेखि काठमाडौंमा सेमिनार सुरु भएको हो।
सेमिनारको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँसकोटाले नेपाल जापानको सम्बन्ध र नेपालको विकासमा जापानले गरेको सहयोगका विषयमा जानकारी गराएका थिए । उनले नेपाल र जापनबीचको सम्बन्ध विगतदेखि नै सुमधुर रहँदै आएको बताए।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले नेपालले जापानको राजनीति र आर्थिक विकासबाट धेरै कुरा सिक्न सकिने बताएका थिए।
सोमबारदेखि सुरु सेमिनारमा राजनीतिक अस्थिरताकाबीच पनि जापानको आर्थिक विकासका विषयमा छलफल हुनेछ । नेपालका लागि जाइकाका प्रतिनिधि ओकुबो अकिमित्सुले जापान–नेपालको आपसीसम्बन्ध र जाइकाले नेपालमा गरेको सहयोगका विषयमा चर्चा गरेका थिए।
सेमिसनारमा दुई देशको राजनीतिक अवस्था, आवधिक निर्वाचन, आर्थिक र राजनीतिक परिवर्तनका विषय केन्द्रित बहस हुनेछ। सिनासका कार्यकारी प्रमुख कार्कीका साथै जापानको टोकियो विश्वविद्यालयबाट कार्यपत्र प्रस्तुत हुनेछ।
यसका साथै सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थीले नयाँ आयामका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रत्नमणि नेपालले जानकारी दिए ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

