युरोपेली संघकी आयुक्त उर्पिलाइनेन बुधवार नेपाल आउँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने भएकी छन्। उनी एक दिने भ्रमणका लागि २६ माघमा काठमाडौं आइपुग्ने नेपालस्थित युरोपेली संघको दूतावासले जनाएको छ ।
आयुक्त उर्पिलाइनेनले काठमाडौँमा शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने र केही महत्वपूर्ण विषयहरुमा सम्झौता गर्ने कार्यक्रम रहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि युरोपबाट हुन लागेको यो पहिलो उच्चस्तरको भ्रमण हो ।
केही दिनअघि अमेरिकी उप(विदेश मन्त्री काठमाडौं आएकी थिइन्। यसै साताभित्र अमेरिकी परियोजना युएसएआईडीकी प्रमुख तथा अमेरिकी सुरक्षा समितिकी सदस्य समन्था पावर पनि नेपाल आउने कार्यक्रम रहेको छ । अमेरिकाबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण भइरहेको अवस्थामा युरोपेली संघबाट पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
आयुक्त उर्पिलाइनेनले आफ्नो भ्रमणको क्रममा डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान लगायतका कार्यक्रमहरु अघि बढाउने पनि जनाएकी छन् ।
‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु। रुस(युक्रेन युद्धले नेपाल लगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ,’ आयुक्त उर्पिलाइनेनलाई उदृत गर्दै काठमाडौंस्थित ईयु दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु। आफ्ना साझेदारहरुसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्कहरू बढाउन र विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न ईयु सकारात्मक छ ।’
नेपालले सन् २०२६ मा अल्पविकसित देशको (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बेला आयुक्त उर्पिलाइनेनको भ्रमण महत्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
