Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

सुन तोलाको दुई सयले बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २५
सुन तोलाको दुई सयले बढ्यो

काठमाडौँ। सुन बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार आठ सय तोकिएको छ ।

नेपाल सुन व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार एक सय थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Top Changing Nepal

युट्युब सट्स