टर्की भूकम्प : मृतकको संख्या २८ हजार नाघ्यो, केही ठाउँमा लुटपाट
एजेन्सी । टर्कीमा सोमवार गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २८ हजार नाघेको छ । टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरी २८ हजार १ सय ९२ जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ । अहिले पनि खोजी र उद्दारको काम चलिरहेको छ ।
यसैबीच भूकम्प प्रभावित टर्कीमा सेनाले लुटपाटको आरोपमा कम्तीमा ५० जनालाई पक्राउ गरेको छ भने केही बन्दुक बरामद गरेको बीबीसीले जनाएको छ । यसअघि विभिन्न समूहबीच झडप हुँदा उद्धार कार्य प्रभावित भएको थियो ।
१ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार
भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ । हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूकम्प गएको लामो समय र अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
