अमेरिकाले फेरि खसाल्यो आकाशमा उडिरहेको अर्को शंकास्पद वस्तु
काठमाडौँ । अमेरिकी लडाकु विमानले आफ्नो देशको सिमानामा अर्को उड्ने वस्तुलाई खसालेको छ । अमेरिकाले पछिल्लो एक हप्तायता आफ्नो देशको आकाशमा उडिरहेको वस्तु खसालेको यो चौथोपटक हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशपछि सोमबार बिहान क्यानडाको सीमा नजिक हुरोन तालमा लडाकु विमानहरूले यो उडान वस्तुलाई खसालेका हुन् । अमेरिकाले २० हजार फिटको उचाइमा उडेको उक्त वस्तुले हवाई उडानमा अवरोध गर्न सक्थ्यो ।
यस्तै एउटा वस्तु शनिबार मोन्टाना नजिक देखिएको थियो। रक्षा अधिकारीहरूका अनुसार उक्त वस्तु मानवरहित थियो र यसले कुनै सैन्य खतरा उत्पन्न गरेको थिएन। यो वस्तुलाई एफ–१६ लडाकु विमानले खसालेको हो । यसअघि फेब्रुअरी ४ मा अमेरिकाको आकाशमा एउटा बेलुन देखिएको थियो, जसलाई अमेरिकी सरकारले चीनको जासुसी बेलुन भनेको थियो ।
यस विषयमा चीनले यो मौसमको जानकारी सङ्कलन गर्न पठाइएको बेलुन भएको बताएको थियो, जसले बाटो बिराएको थियो । शंकास्पद बेलुनका कारण अमेरिका र चीनबीच तनाव बढेको थियो र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो चीन भ्रमण रद्दसमेत गरेका थिए ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

