शिवरात्रीका लागि सजाउन थालियो पशुपति परिसर
काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको देख्न सकिन्छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ ।
महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ । यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ । शिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् ।
शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्दछ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलीमिली बत्तीहरु, रङरोदन र फूलहरुले सजाउन थालिएको छ ।
शिवरात्रीको लागि पशुपतिका गेटहरु सजाउने कार्य जारी रहेको छ भने वरपरका क्षेत्रहरुमा सरसफाईको कार्य जारी छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

