आज ट्याक्सीमाण्डुमा ७ बजेसम्म निस्शुल्क चढ्न पाइने
काठमाडौँ । ट्याक्सीमाण्डु आज ९सोमबार० साँझ ७ बजेसम्म निःशुल्क चढ्न पाइने भएको छ । यातायात व्यवसायी तथा मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निःशुल्क सेवा दिने घोषणा गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री र व्यवसायी तथा मजदुरहरूको वार्तापछि आज गरिएको सार्वजनिक यातायात बन्द फिर्ता लिइएको छ। आन्दोलन फिर्ता लिए पनि ट्याक्सीमाण्डुले निःशुल्क सेवा साँझ सात बजेसम्म दिने ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए।
यात्रुहरूले ट्याक्सीमाण्डु एपमार्फत निःशुल्क सेवा लिन सक्नेछन्। सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निःशुल्क सेवा फेरि सुरू गरिएको सिइओ केसीले बताए। निःशुल्क सेवा प्रयोग गर्न नेपाल राइड प्रोमो कोड प्रयोग गर्नु पर्ने पनि केसीले जानकारी दिए। ट्याक्सीमाण्डु पूर्णस्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत र आज निःशुल्क सेवा दिने कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?
करार कर्मचारी र राहत तथा अस्थायी शिक्षकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने सरकारको तयारी
नबिल एसएसईको पाँच वर्षमा ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारीको अवसर
नागढुङ्गा सुरुङमार्गमा यात्रा गर्दै हुनुहुन्छ? अब सानिमा बैंकबाटै लिनुहोस् एन–ट्याग
सुनचाँदीको मूल्यमा वृद्धि, नेपाली बजारमा आज कति पुग्यो भाउ ?
अब विदेशी पर्यटकले पनि नेपालमा फोनपे क्युआरबाटै भुक्तानी गर्न सक्ने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
काठमाडौँ महानगरले टुर अपरेटर र केयरगिभर तालिम सञ्चालन गर्ने ,आवेदन खुल्ला
मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
स्वास्थ्य बिमाको उपचार सेवा अब मोबाइलमा डिजिटल कार्ड देखाएरै लिन सकिने
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
