पक्राउ परेका निलम्बित सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइयो
काठमाडौँ । १३ वर्ष अघिको आगजनी सम्बन्धी मुद्दामा दोषी ठहर भएर कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई अदालतमा उपस्थित गराइएको छ । उच्च अदालत दिपायलमा चौधरीले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा बयान दिन चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको हो ।
जिल्ला अदालतबाट चौधरीले भचुअल विधिबाट उच्च अदालत दिपायलमा बयान दिने श्रेस्तेदार रइभान कुन्जेडाले जानकारी दिए । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई प्रहरीले १९ माघमा बाँकेबाट पक्राउ गरेको थियो ।
उनले आफूलाई रिहाइको माग गर्दै २२ माघमा उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा आदेश दिन अस्वीकार गरेको थियो ।
अदालतले २९ माघमा पेशी तोक्दै दुवै पक्षलाई बोलाइएको थियो । त्यो दिन उच्च अदालतका न्यायाधिश देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा चौधरीलाई बयानका लागि बोलाउन आदेश दिएको थियो ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

