डढेलो निभाउन समस्या
काठमाडौँ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय ब्रावल नजिकको जङ्गलमा डढेलो लागेपछि सरकारी भवनको सुरक्षार्थ अग्नि रेखा निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चेबाट सवा किलोमिटर दक्षिण ब्रावल भिरमा आज अचानक लागेको डढेलो नियन्त्रणभन्दा बाहिर गएपछि निकुञ्जको साथै नेपाली सेनाको व्यारेक सुरक्षाका लागि संयुक्त सुरक्षा दस्ताले अग्निरेखा तयार गरेको हो ।
डढेलो नियन्त्रण एवं अग्नि रेखा निर्माणका लागि निकुञ्ज कार्यालयका वन प्राविधिक, विष्णु दल गण , सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
बढी भिरपाखो र निकुञ्ज स्थापना भएपश्चात् विसं २०३२ देखि सुरक्षित रहेको झाडी क्षेत्र भएकाले आगो निभाउन समस्या परेको जनाइएको छ । सुरक्षा अङ्गले पिक, सावेल, गल, घन, हम्बरको प्रयोग गरी सात सय मिटर भन्दाबढी अग्नि रेखा निर्माण गरिसकेको बताइएको छ ।
अग्नि रेखा निर्माण गरिएसँगै सरकारी संरचना सुरक्षित भएको सुरक्षाकर्मीले जानकारी दिएका छन् । यस्तै बुधबारदेखि गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत खन्तीको जङ्गल इलाका क्षेत्रमा लागेको डढेलोसमेत नियन्त्रणमा आउन सकेको छैन ।
डढेलोका क्षतिको विवरण अहिलेसम्म आँकलन नभएको र डढेलो नियन्त्रण गरेर मात्र लगत अध्यावधिक गरिने निकुञ्जले जनाएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


