सप्तरी र कपिलवस्तुमा सवारी दुर्घटना, २ जनाको मृत्यु
काठमाडौँ । सप्तरी र कपिलवस्तुमा भएका छुट्छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । सप्तरी, महदेवा गाउँपालिका–१ चिमटीस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सो गाउँपालिकाको डिमनबाट राजबिराजतर्फ जाँदै गरेको को।२८ प ६५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३० वर्षीय प्रदिपकुमार यादवको मृत्यु भएको हो ।
यादव राजविराज नगरपालिका–११ फर्सेटका स्थायी वासिन्दा हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उता, कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु।१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय वाहदुल मुसलमानका छोरा ९ वर्षीय जाकिर मुसलमान रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

