सप्तरी र कपिलवस्तुमा सवारी दुर्घटना, २ जनाको मृत्यु
काठमाडौँ । सप्तरी र कपिलवस्तुमा भएका छुट्छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । सप्तरी, महदेवा गाउँपालिका–१ चिमटीस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सो गाउँपालिकाको डिमनबाट राजबिराजतर्फ जाँदै गरेको को।२८ प ६५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३० वर्षीय प्रदिपकुमार यादवको मृत्यु भएको हो ।
यादव राजविराज नगरपालिका–११ फर्सेटका स्थायी वासिन्दा हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उता, कपिलवस्तुमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । शुक्रबारै जिल्लाको मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु।१ त ४०५८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय वाहदुल मुसलमानका छोरा ९ वर्षीय जाकिर मुसलमान रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
