म एमालेकै नेता हुँ, पूर्वराजासँग एक रुपैयाँ लिएको छैनः दुर्गा प्रसाई
काठमाडौं । नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई कार्यक्रममा बोलाउँदा आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । आफू अहिले पनि नेकपा एमालेकै केन्द्रीय सदस्य रहेको उनको जिकिर छ ।
‘हो, म एमालेकै नेता हुँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको कार्यक्रममा मैले राजसंस्था ल्याउने भनें र रु मैले कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई पनि पत्र पठाएको थिएँ । राजालाई पनि पत्र नै पठाएको हुँ । उहाँ आउनुभयो । बस्नुभयो, जानुभयो । व्यक्तिगत सम्बन्धका आधारमा कार्यक्रममा बोलाउँदा आपत्ति जनाउनु पर्ने के छ र रु’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले भने ।
उनले आफू पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नागार्जुन दरबार नगएको पनि स्पष्ट पारे । प्रसाईले भने, ‘मैले राजालाई दमकमै पाँच(छचोटि भेटें । म उहाँलाई भेट्न नागार्जुन गएको छैन । उहाँ के छ खबर भन्नुहुन्छ। तपाईंको हजुरबुबाको के छ प्रसाईजी भन्नुहुन्छ । कसैका बारेमा उहाँले नराम्रो सोच्नु भएको छैन ।’
उनले आफूले पूर्वराजासँग कुनै पैसा नलिएको पनि दाबी गरे । प्रसाईले थपे, ‘यो जनयुद्ध होइन, नागरिक बचाउ महाभियान । म दुर्गा माताको कसम खाएर भन्छु– यसका निम्ति मैले राजाबाट एक रुपैयाँ लिएको छैन । यसमा दरबारको कुनै लगानी छैन । हरेक दिन चारपाँच जनाले आत्महत्या गरिरहेका छन् । मैले ब्रह्मले देखेको काम गरेको हुँ । यस्तो गणतन्त्र हामीले खोजेका थिएनौं ।’
तपाईंको कार्यक्रममा हजुरबुबा केपी शर्मा ओली किन आउनुभएन भन्ने पत्रकार धमलाको प्रश्नमा प्रसाईले भने, ‘मेरा हजुरबुबा पार्टीकै कार्यक्रममा झापा आउनुभएको थियो । दुइटा कार्यक्रम थियो । भ्याउनु भएन होला, आउनु भएन ।’
सम्बन्धित समाचार
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

