लामो समयसम्म फोनमा कुरा गर्नु घातक, देखा पर्न थाल्छन् यस्ता समस्या
एजेन्सी । आज मानिसहरु आफ्नो अधिकांश समय स्मार्टफोनमा बिताउँछन् । मानिसहरु घन्टौंसम्म आफ्नो स्मार्टफोनमा सामाजिक सञ्जाल प्रयोग गर्छन् । गाँस, बास र कपास जस्तै मोबाइल फोन पनि हाम्रा लागि महत्वपूर्ण भइसकेको छ भन्ने हो भने गलत हुनेछैन । मोबाइल हाम्रो जीवनको महत्त्वपूर्ण भाग बनिसकेको छ ।
मोबाइल हामीसँग सधैं रहन्छ । तर, मोबाइलको अत्यधिक प्रयोग हानिकारक छ । यसले तपाईको स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ । यस्तो अवस्थामा प्रश्न उठ्छ कि आखिर फोनमा कुरा गर्नु स्वास्थ्यका लागि कति समय राम्रो हुन्छ ?
यद्यपी यस प्रश्नको कुनै उचित जवाफ छैन, किनकि फोन कलको समय तपाईले कुरा गरिरहनुभएको व्यक्तिमा निर्भर गर्दछ, तर तपाईले फोनमा धेरै बेर कुरा गर्नु हुँदैन । वास्तवमा, मोबाइल उपकरणहरूबाट खतरनाक विकिरणहरू निस्कन्छन् र यो स्वास्थ्यको लागि हानिकारक छ ।
एक रिपोर्टका अनुसार ०.६० वाट पर किलोग्रामभन्दा बढीको विकिरण मानव शरीरका लागि खतरनाक हुन्छ तर स्मार्टफोनबाट निस्कने विकिरण त्यसको दोब्बर हुन्छ ।
विकिरणको प्रभाव यति डरलाग्दो छ कि मानिसमा क्यान्सरजस्ता रोग बढ्दै गएको छ, यो बाहेक पुरुष निषेचन पनि घट्दै गएको छ । डब्ल्यूएचओको एक रिपोर्ट अनुसार फोनको अत्याधिक प्रयोगले मस्तिष्कको कोशिकालाई कमजोर बनाउँछ ।
अनिद्रा
यदि तपाई लामो समयसम्म मोबाइलमा कुरा गर्नुहुन्छ भने तपाईलाई अनिद्राको समस्या हुन सक्छ । वास्तवमा, लामो समयसम्म मोबाइलमा कुरा गर्दा मस्तिष्कमा बनेका केही रसायनहरू निष्क्रिय हुन्छन्, जसले निद्रामा बाधा पुर्याउँछ ।
क्यान्सर
लामो समयसम्म मोबाइलमा कुरा गर्ने मानिसलाई मस्तिष्कको क्यान्सर हुने खतरा बढी हुन्छ । वास्तवमा, यसबाट निस्कने विद्युत चुम्बकीय विकिरण कान नजिकै मोबाइल राखेर कुरा गर्दा तन्तुहरूले सोस्छन् । यसले क्यान्सरको जोखिम बढाउँछ ।
बहिरोपन
लामो समयसम्म फोनमा कुरा गर्दा तपाईंको श्रवण क्षमतामा पनि असर पर्छ र तपाईं बहिरोपनको शिकार बन्न सक्नुहुन्छ । वास्तवमा, फोनबाट निस्कने लहरहरूले कानको नाजुक तन्तुहरूलाई क्षति पुर्याउँछ । जसका कारण कानको भित्री भाग सबैभन्दा बढी प्रभावित हुन्छ ।
एकाग्रताको कमी
लामो समयसम्म मोबाइल फोनमा कुरा गर्दा पनि मानिसको मल्टिटास्किङ सीपमा नराम्रो असर पर्छ र एकाग्रतामा कमी आउँछ । मोबाइलमा धेरैबेर कुरा गर्ने व्यक्तिले आफ्नो काममा राम्ररी ध्यान दिन नसक्दा उनीहरूको कार्य सम्पादन बिग्रन्छ ।
मोबाइलको विकिरणबाट कसरी बच्ने ?
यदि तपाइँ फोन धेरै प्रयोग गर्नुहुन्छ भने, कम्तिमा प्रयोग गर्नुहोस् । यसबाहेक, फोनबाट निस्कने विकिरणबाट बच्न तपाईंले हेडफोन प्रयोग गर्नुपर्छ । यसबाहेक, फोन किन्दा यसको क्ब्च् जाँच गर्नुहोस् ।
SAR के हो ?
हामी तपाईलाई बताउछौं कि फोनबाट निस्कने विकिरण क्ब्च् भ्यालु मार्फत मात्र मापन गरिन्छ । यस मार्फत तपाईले थाहा पाउन सक्नुहुन्छ कि फोनबाट निस्कने विकिरण तपाईको लागि कति खतरनाक छ । प्रत्येक मोबाइलको सार मूल्य अर्को भन्दा फरक हुन्छ । तपाईं क्ब्च् भ्यालु जाँच गर्न फोन निर्माताको वेबसाइटमा जान सक्नुहुन्छ । यसका साथै फोनको सेटिङमा गएर पनि क्ब्च् भ्यालु जाँच गर्न सक्नुहुन्छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
