जन्मकैदको सजाय पाएकालाई राष्ट्रपति भण्डारीको आममाफी
जानकारी केन्द्र
२०७९, फाल्गुन, ८
काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सय ८१ जना कैदी बन्दीको सजाय आममाफी दिएकी छन् । प्रजातन्त्र दिवसको अवसरमा आम माफी पाउनेमा उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा जन्मकैदको सजाय पाएका माओवादी नेता पुष्कर गौतम पनि रहेका छन् ।
ओखलढुंगाको कटारीमा भएको उज्जन श्रेष्ठको हत्यामा उनको पनि संलग्नता रहेको भन्दै अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । राष्ट्रपतिले आम माफी दिएसँगै उनी रिहा भएका छन् । उज्जन श्रेष्ठ प्रकरणमा माओवादी नेता बालकृष्ण ढुंगेलसहित नौ जनाविरुद्ध अदालतले सजाय सुनाएको थियो । ढुंगेल र गौतमलाई भने सर्वश्वसहित जन्मकैदको सजाए सुनाएको थियो । अदालतको फैसलापछि फरार भएका गौतम २०७१ सालमा पक्राउ परेर जेल चलान भएका थिए ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
