कालीकोटमा ट्रक दुर्घटना : चालकले गुमाए ज्यान, सहचालक घाइते
जानकारी केन्द्र
२०७९, फाल्गुन, ११
काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका–५ धनडामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा ज्यान गएको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका–७ का २८ वर्षका छविप्रसाद चौलागाईँको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा त्यही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएका छन् । उनको उपचार भइरहेको छ । कर्णाली प्रदेश ०२–००१ ख ०३५६ को ट्रक दुर्घटना भएको प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
