राष्ट्रपति निर्वाचन : आठ दलले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने
काठमाडौँ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका ८ दलले बिहीबार आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।
प्रशिक्षण काठमाडौँको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा आज दिउँसो १ बजेदेखि अभिमुखीकरण कार्यक्रम सुरु हुनेछ। राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।
प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
नेकपा एमालेबाट राष्ट्रपतिको निर्वाचनमा सुवाष नेम्वाङ उम्मेदवार रहेका छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाताले मतदान गर्नेछन्।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
