• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • १७ घण्टा 

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • १८ घण्टा 

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • १९ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • २१ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • २२ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • २३ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

  • २. आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

  • ३. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

  • ४. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

  • ७. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • ८. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ९. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • १०. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

राष्ट्रपतिको निर्वाचनअघि नै नेकपा ब्युँताउने तयारी, वामदेवको सक्रियता बढ्यो

admin २०७९, फाल्गुन, १८

काठमाडौं । राष्ट्रपतिको निर्वाचनअघि नै वाम गठबन्धन बनाउनेगरि नेताहरुले गृहकार्य थालेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसको लागि कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । पुष १० गते एमाले, माओवादीसहितको गठबन्धन बनेको र उक्त गठबन्धनमा नेकपा   माओवादी केन्द्र  का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए ।
२६ पुषमा प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिँदा भने कांग्रेससहितका दलको मत पाएपछि भने पुष १० गतेको गठबन्धनमा समस्या आएको थियो । त्यसको असर फागुन १३ गते भएको राष्ट्रपतिको निर्वाचनको उम्मेदवारी दर्ता गर्दा देखियो ।

माओवादी केन्द्रले कांग्रेसका वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ । नेकपा एमाले  का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेम्वाङको जित सुनिश्चित् रहेको दाबी गरेका छन् । ओलीले हिजोबाट राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । हिजोमात्रै उनले पूर्व एमाले नेता वामदेव गौतमसँग यसबारेमा छलफल गरेका हुन् । सो भेटमा ओलीले नेम्वाङको पक्षमा मत मागेका थिए । र, एमालेमा फर्कन गौतमलाई आग्रह गरेका थिए ।

नेम्वाङले आजमात्रै नेकपा एकीकृत समाजवादी  का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर भोट मागेका थिए । आजै उनले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटको लागि तयारी गरेका छन् । यो बीचमा एमाले नेतृत्वले राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने प्रस्ताव गरेको थियो । तर, नेपालले अन्तिम समयमा आएर ओलीको उक्त प्रस्ताव अस्विकार गरेका थिए ।

उनी कांग्रेस, माओवादी केन्द्रसहित बनेको नयाँ गठबन्धनमा सामेल भएका छन् । आठ दलीय गठबन्धनले नेपाललाई संसद्को पाँच वर्षको कार्यकालभित्र एक वर्ष सरकारको नेतृत्व गर्न दिने सहमति गरेको छ । ओली र गौतमको भेटलगत्तै नेकपा व्युँताउनेबारे पनि छलफल चलेको स्रोतको दाबी छ । नेकपा व्युँताउने सवालमा माधव नेपालपनि सकारात्मक रहेको बुझिएको छ । यसको लागि एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का दोस्रो तहका नेताहरु सक्रिय छन् ।

प्रधानमन्त्रीमा प्रचण्डलाई पाँचै वर्ष दिने र नेकपा व्युँतिए पार्टीको नेतृत्वमा ओली रहनेगरि नेताहरुले समझदारी गर्न खोजेको चर्चा छ । यसको लागि फागुन २५ गते अघिसम्म नेताहरुले प्रयास गर्ने बुझिएको छ । माओवादी केन्द्रमा पनि एमालेसँगको गठबन्धन टुटाउन नहुने जनमत बलियो बन्दै गएको चर्चा छ । यसको लागि वर्षमान पुनलगायत नेताहरु सक्रिय छन् । अहिले नेकपा व्युँताउनको लागि सबैभन्दा बढि सक्रिय वामदेव गौतम बनेका छन् । उनले तीनै दलका शीर्ष नेताहरुसँग छलफल अघि बढाएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

ताजा

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.