राष्ट्रपतिका उम्मेदवार नेम्वाङको घरदैलो सुरू, पार्टी कार्यालयमै पुगेर भेटे माधव नेपाललाई
काठमाडौं । नेकपा (एमाले) बाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ निर्वाचन मिति नजिकिँएसँगै सक्रिय भएका छन् । उनले विभिन्न दलका नेताहरुसँगको भेटवार्ता बढाएका छन् । नेम्वाङले बिहिबार नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग भेटेर आफ्नो पक्षमा मतदानका लागि आग्रह गरेका छन् । उनले आज नै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताइएको छ ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्ने तयारी रहेको बताइएको छ । राष्ट्रपति निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै नेम्वाङ आज विहान ११ बजे नेकपा (एस) को पार्टी कार्यालयमा पुगेका थिए । उनका साथमा एमाले नेताहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङलगायत सहभागी थिए ।
राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । राष्ट्रपतिको उम्मेदवारमा एमालेले नेम्वाङलाई अगाडि सारेको छ भने कांग्रेससहितको आठ दलीय गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अगाडि सारेको छ । पहिचानका पक्षधरहरुले राष्ट्रपतिमा नेम्वाङलाई मतदान गर्ने एमाले नेताहरुको दाबी छ । पहिचानको हिसाबले मधेशबाट रामवरण यादव र महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले अब जनजातिबाट नेम्वाङ राष्ट्रपति बन्ने एमाले नेताहरुको दाबी छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


