काठमाडौँ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन व्यवसायि महासंघका अनुसार बिहीबारका लागि प्रति तोला एक लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ। बिहीबार सुन प्रतिऔंस १८३४.२१ डलरमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतिऔंस १८३१ ३४ डलर थियो । बुधबार प्रतिऔंस २१.०९ डलर रहेको चाँदी बिहीबार घट्दै २०.९५ डलरमा आइपुगेको छ ।





