प्रिमियर लिगमा आर्सनलको पुनरागमन जित
जानकारी केन्द्र
२०७९, फाल्गुन, २१
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले पुनरागमन जित हाँसिल गरेको छ। गएराति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले हराउँदै जित फर्काएको हो ।
घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलले जितेको हो। जितसँगै आर्सनलको २६ खेलमा ६३ अङ्क भएको छ। आर्सनल शीर्ष स्थानमा कायमै छ । खेलको पहिलो मिनेटमै फिलिप बिलिङले गोल गर्दै बर्नमाउथलाई अग्रता लिए। खेलको ५७औँ मिनेटमा मार्कोस सेनिसीले गोल गरी २–० को अग्रता बनाए।
तर खेलको ६२औँ मिनेटमा आर्सनलका थोमस पार्टी, ७०औँ मिनेटमा बेन ह्वाइट र खेलको इन्जुरी समयमा रेइस नेल्सनले गोल गरेपछि आर्सनलले नतिजा उल्टाएको हो।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

