होलीको दिन बन्दै विशेष शुभ मुहूर्त, मिल्नेछ हरेक काममा सफलता
एजेन्सी । रङको पर्व होली २०२३ नजिकिँदै छ । २०२३ को होली पूजा र २०२३ पूर्णिमाको होलिका दहनपछि भोलिपल्ट चैत्र कृष्ण प्रतिपदाका दिन रङको होली खेलिने छ । यस दिन घर घरमा विभिन्न परिकार बनाइ मनाइन्छ । यी शुभ समयमा गरिएको हरेक काम सफल हुनेछ ।
हिन्दू धर्ममा विश्वास गर्नेहरूले फाल्गुन पूर्णिमाका दिन होलिका दहन गर्ने र यस दिन होली पूजा पनि गर्ने गरिन्छ । भोलिपल्ट चैत्र कृष्ण प्रतिपदाका दिन होली खेलिन्छ । यस दिन मानिसहरूले एकअर्कालाई रंग लगाई मनाउँछन् । यो वर्ष होली २०२३ को दिनमा तीन वटा शुभ समय बन्दै छ, जसमध्ये दुईवटा शुभ समय निकै विशेष छन् । जसमध्ये एउटा विजय मुहूर्त र अर्को अमृतकाल मुहूर्त हो ।
होली पर्व : पञ्चाङ अनुसार चैत्र कृष्ण प्रतिपदा तिथी मार्च ७ साँझ ६: १० बजे सुरु हुनेछ र यो तिथि मार्च ८ साँझ ७:४३ बजे समाप्त हुनेछ । यसरी, रंगहरूको पर्व होली मनाइनेछ ।
विजय मुहूर्त : पञ्चाङ अनुसार होलीको दिन मार्च ८ मा दिउँसो २ः३० देखि ३ः१७ बजेसम्म विजय मुहूर्त बनाइन्छ । यस अवधिमा गरेका हरेक काम सफल हुन्छन् । यस मुहूर्तमा विशेष गरी शुभ कार्य र मुद्दा दायर गर्नु शुभ मानिन्छ । विजय मुहुर्तमा गरिने यी काममा विजय प्राप्त हुने जनविश्वास रहेको छ ।
अमृतकाल मुहूर्त : होलीको दिन, मार्च ८ मा अमृतकाल मुहूर्त बेलुका ८: ३३ बजे देखि १०: १७ बजे सम्म रहनेछ । शुभ कार्यका लागि यो समय निकै शुभ मानिन्छ । यस योगमा सुरु भएका सबै काम पुरा हुने जनविश्वास छ । यस शुभ समयलाई शुभ कार्यका लागि पहिलो स्थानमा राखिएको छ ।
ब्रह्म मुहूर्त : ब्रह्म मुहूर्त ८ मार्चमा बिहान ५:१० बजे देखि ५:५८ बजे सम्म हुनेछ । प्राचीन कालमा ऋषिमुनिहरुले यो समयलाई उत्तम मानेका थिए । उनीहरुका अनुसार भगवानको ध्यान र आराधनाका लागि यो सबैभन्दा उपयुक्त समय भएकोले यस मुहूर्तमा पूजाको फल छिट्टै मिल्नेछ । यस समयमा देवता र पितृहरू घरमा आएर उन्नति हुने जनविश्वास रहेको छ । यस समयमा गरिने हरेक शुभ कार्यले शुभ फल दिन्छ ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
