Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

माओवादी घटक र नागरिक अगुवाबीचको छलफल स्थगित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३०
माओवादी घटक र नागरिक अगुवाबीचको छलफल स्थगित

काठमाडौँ । माओवादी धारका पार्टीले तय गरेको नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल स्थगन भएको छ। मंगलबारका लागि तय भएको छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। मंगलबार नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थियो ।

विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी घटकहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने तय भएको थियो।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । यसैअनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्।

Top Changing Nepal

युट्युब सट्स