अवैध लागूऔषध र नक्कली नोटसहित २ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक समाचार बुलेटिन अनुसार बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने २४ वर्षीय सुवास ताजपुरीया र उनकै भाई १९ वर्षीय प्रविण ताजपुरीयालाई अवैध लागूऔषध र नक्कली नोटसहित बुधबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले सुवास ताजपुरीयाको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाईट्रजेपाम २८ ट्याव्लेट, नेपाली एक हजार दरको नक्कली नोट ८८ थान, नेपाली पाँच सय दरको नक्कली नोट २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान, मोवाइल ४ थान तथा अन्य देशहरुको नोट ११ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट मे।५ प ९७९७ नम्बरको मोटरसाइकल र ३ हजार रूपैयाँ समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

