पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि नेपाल टेलिकमले ल्यायो नयाँ अफर
काठमाडौँ । नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ। कम्पनीले आज (शुक्रबार) देखि लागू हुने गरी उक्त नयाँ अफर उपलब्ध गराएको बताएको छ। टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि यो अफर उपलब्ध हुनेछ।
६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ।यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध गराएको कम्पनीले बताएको छ।
त्यसैगरी, प्रत्येक दिन ३०० एमबि डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबि डाटा सकिएमा प्रत्येक दिन ६४ केबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ।
उक्त प्याकेज प्राप्त गर्नका लागि ग्राहकले १४१५२८२३ डायल गर्नु पर्नेछ। साथै, ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
